
म अहिले चलिरहेको MCC को वतासे हावाको बुँदा, बुँदा चाहिँ जान्दिन । तर लोकतान्त्रिक प्रणाली चाहिँ जान्दछु। त्यसैले यस बारे केही चिरफार गर्ने प्रयास गर्दैछु। कतिको मेलखान्छ सुझाव दिनु होला।
पहिला हामी लोकतान्त्रिक गणतन्त्रमा छौं, जसमा हामीले एक भोट मार्फत आफ्ना क्षेत्रका जनप्रतिनिधिहरू चुनेर संसद भवन भन्ने थलोमा पुर्याउछौ।
हामीले संसद भन्ने वित्तिकै चोर छुटाईदिने, मुद्दा जिताईदिने, पुलिसलाई थर्काउने, विपक्षीलाई थुन्न लगाउने, वाक्सा फोड्ने, कुर्सी तोड्ने, पाखुरा टोक्ने, थप्पड हान्ने चाहिँ अस्लील सांसद हुने, अरू चाहिँ भातमारा हुने भन्ने सोच्यौं। कारण लोकतंत्रमा जे हुनु पर्ने थियो, त्यो नभएपछि विकृति स्वभाविक थियो । यसको दोषि को भन्दा हामी जनता ।
कारण एकजना सांसद बराबर, जनसंख्या हेरेर ६ हजार देखि पचास हजार सम्मको जनताको प्रतिनिधित्व १जना सांसद हुन आउँछ, अब चुन्नेवेलामा वहुलठ्ठि हुल्लडवाज चुनेपछि देशले दुख पाउने नै भयो । जनतालाई पिर पर्ने नै भयो।
यी सवै घटना MCC को हुण्डरिले सृजना गर्यो, कोहि सडकमा झंण्डा वोक्ने, कोहि संसदमा मान्छे टोक्ने, क्या गजव खेला छ, अझ मर्यादित सदन रे ।
MCC को सहि डकुमेन्ट सदनमा प्रवेश गराउनु पर्छ, गहन छलफल हुनुपर्छ, त्यहाँ सवै कुर्सी फोडुवा र बाकस तोडुआका मात्र जनप्रतिनिधि मात्र छैनन, त्यहाँ भित्र विवेक भएका सांसदज्यु हरूपनि हुनुहुन्छ।
तसर्थ हाम्रो राष्ट्रिय समस्या को हल खोज्ने वाटो मर्यादित संसद, सदन नै भएको कारणले वहुमत सांसदMCC को पक्षमा भए पास हुन्छ, विपक्षी मा भय फेल हुन्छ। यहि त हो विधि ।
अब विधि छोडेर सडकमा नारा जुलुस गरेका छन्, पुलिसको लठ्ठि खाएका छन, लोकतन्त्रमा विरोध गर्न पाईन्छ भनेर ःऋऋ कुन चराको नाम हो भन्ने सम्म थाहा नहुनेलाई आन्दोलनमा उतारेका छन्, विधिको कुरा कोहि सुझाउँदैनन् ।
नेता वार्दलिमा वसेर हेर्छन, MCC कि उपाध्यक्ष संग गला मिलाउछन्, डिनर गर्छन, Thank you, Good bye भन्छन्। यता तिनै कार्यकर्ता MCC मुर्दावाद भन्दै हिड्छन्। गजव छ देश त मेरो स्वर्ग हो, सुगन्धपुर नै हो, तर नेताले नै दुर्गन्धपुर वनाए ।
संसद, जनप्रतिनिधि , जनता, अनि जनप्रतिनिधि को काम कर्तव्य र अधिकार बारेमा जानकारी धभदकष्तभ मा राखिदिऔं, तर घर घरमा पुगेर यसको वारेमा अन्तरक्रिया गरेनौ । त्यहि भएर भोट लिएर गएका नेता आफुलाई चितवनको धुर्वे हाथि बौलाय जसरि वौलाय र ,जनताको मतको अनादर गरिरहेका छन्, हामी चाहि ठिक, वेठिक भनेर विभाजित भएका छौ ।
अब आउने चुनावमा घरघर गएर, हामी जस्तै एउटा सर्कल जम्मा भएर , यी यतिका प्रतिभाका धनी सांसद पदवाट विभुषित होऊन , मतपत्रले नै हुने र, आफ्नै गाउँ फर्कि आए भन्ने वनाउनु पर्छ।
MCC को छलफल सडकमा हैन, सदनमा हुनुपर्छ। यहि एउटा माग राखौं, सडकजाम गरेर, जनतालाई दुख दिने काम नगरौं। जे गर्छ संसद र सदनले गर्छ, त्यहाँ पनि होलानि राष्ट्र र राष्ट्रिय झंण्डा !