
वर्दिवास- प्रदेश कै पहिलो तौलपुल स्टेसन आज महोत्तरीको बर्दिबासमा औपचारिकरुपमा प्रारम्भ भएको छ ।
बिपिराजमार्ग तथा महेन्द्र राजमार्गमा चल्ने सवारी साधनको अधिकतम भारबहन क्षमतालाई नियमगमन गर्ने उद्देश्यले बागमती प्रदेशपछी प्रदेश-२ को महोत्तरीमा पहिलोपल्ट तौलपुल स्टेसन स्थापना भएको हो ।
विशेषगरी बिपिराजमार्ग बर्दिबास हुँदै बाहिरिने सवारी साधनको उच्च भारबहनको कारण जोखिम बढीरहेको गुनासो बढीरहेको बेला यातायात ब्यवस्था कार्यालयले आज एक एक कार्यक्रम गरि औपचारिकरुपमा तौलपुल स्टेसनको उदघाटन गरेको छ ।
तौलपुर स्टेसनको स्थपनाले दुर्घटनाका जोखिम कम हुनुको साथै सडक जिर्ण हुनबाट जोगिने हुदा लामो समयदेखी खडकि रहेको अभावलाई परिपुर्ती गरेको भन्दै कार्यक्रममा सहभागी अथितिहरुले खुसी ब्यक्त गरे ।
तौलपुल स्टेसनको सुरुवातसंगै अव देखि कुनैपनि मालबाहक ट्रकहरुले निर्धारण गरेको भन्दा बढी भार बोक्न पाउने छैनन् । यदि बोकेको प्रमाणित भएमा छुट्याउन मिल्ने सामानलाई उतार्ने र छुट्याउन नमिल्ने भए गन्तव्य स्थानसम्मको भाडा बापतको जरिवाना हुने यातायात ब्यवस्थापन कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले जानकारी दिए ।
प्रदेश सरकारले राजस्वमा वृद्धि गर्ने उद्देश्यले तौलपुल स्टेसनको स्थापना गरेको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव दिपक कुमार दासको भनाइ छ । `प्रदेश सरकारको मुख्य आम्दानी यातायातबाट उठेको राजस्व नै हो । त्यसैले तौलपुलको प्रारम्भले थप राजस्वमा टेवा पुग्ने बिस्वास लिएको छु ।´ उनले भने ।
तौलपुलमा यातायात ब्यवस्था कार्यालय र ट्राफिक कार्यालयबाट छुट्टाछुट्टै कर्मचारीको ब्यवस्था गरिएको छ । यातायात ब्यवस्था कार्यालयको नियम अनुसार अधिकतम २ हजार जरिवाना गर्न पाउने भएता पनि यातायात समबन्धि ऐन २०४९, २०५४ बमोजिम भार क्षमताभन्दा बढीको भाडाबापतको जरिवाना हुने हुदा यति नै भनी जरिवाना भने निर्धारण गरिएको छैन ।