महेन्द्नगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले आज देखि एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
आज विश्वकर्मा पुजाको अवसर पारेर नगरपालिका मेयर योगेन्द्र पजियार विधिवत पुजा अर्चना गरी आज देखि एम्बुलेन्स सेवाको शुभारम्भ गरेका हुन् ।
एम्बुलेन्स संचालन भएपछि यस नगरपालिका र यसको वरिपरिको क्षेत्रको बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ । एम्बुलेन्सको उदघाटन गर्दै मेयर पजियारले जनताको सेवामा समर्पित सेवा मानवीय धर्म हुने र नगरमा सहज सञ्चालनका लागि सहज वातावरणमा आफूले संकरात्मक भुमिका खेल्ने बताए ।
एम्बुलेन्स सञ्चालनको क्रममा पहिलो सेवाग्राहीलाई निःशुल्क सेवा दिने र शुरुवातको पहिलो महिना सबै सेवाग्राहीलाई विशेष छुटमा एम्बुलेन्स सञ्चालन गर्ने मेयर पजियार जनाए ।
उनले अरु निजि संस्था भन्दा नगरपालिकाले अरु बेला पनि सस्तोमा विरामीलाई सेवा पुर्याउने उद्देश्यले एसी जडान भएको एम्बुलेन्स संचालन गरेको जानकारी दिए।
एम्बुलेन्स नहुँदा अन्यत्रबाट मगाउनु पर्दा नगरवासीलाई भईरहेको असुविधा तथा महँगो खर्चलाई ध्यानमा राखी एम्बुलेन्स सेवा नगरपालिकाबाट संचालन गरेको मेयर पजियारको कथन रहेको छ।