
औरही,महोत्तरी। नेपाली नक्कली नोट सहित भारतीय युवाक र बालक पक्राउ परेका छन्।महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट शुक्रवार बेलुकी ८ बजेको समयमा गस्तीमा खटि गरेको प्रहरी चौकी औरहीका असई राजेश प्रसाद यादवको कमान्डमा खटि एको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको मनपौर ग्राम पंचायत बस्ने शंकर रायको छोरा वर्ष २१ को पिन्टू कुमार राय र त्यही बस्ने रामदयाल सिंहको छोरा वर्ष १२ को रितेश कुमार सिंह रहेका छन् ।
औरही नगरपालिका १ औरही बजार स्थित पान पसल र स्याउ पसलमा समान किनेर नक्कली नोट दिएको भनेर हल्ला हुदा बिआर 307 भि 9487 नम्बरको स्कुटर सवार उनीहरुलाई रोकेर चेक गर्दा नेपाली नक्कली नोट फेला परेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक बिष्णु प्रदिप बस्यालले जनाएको छ । उनीहरुको साथबाट नेपाली हजारको २२ वटा नक्कली नेपाली नोट फेला परेको प्रहरीले बताएका छन ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।