
महोत्तरी : जिल्लाको गौशाला नगरपालिका–५ स्थित गौशाला वजारमा संचालित गौशाला पोलीक्लिनिकले विरामीको उपचार गर्ने क्रममा ढिलासुस्ती गर्दै आएका छन् ।
गौशाला आसपासमा सवारी दुर्घटना हुने वितिकै उपचारका लागि ल्याउने यस पोली क्लिनिकले चुस्तदुरुस्त रुपमा सेवा नदिएको पाईएको छ । गएसाँझ मोटरसाईकल दुर्घटनमा परेकी रेडियो रुपान्तरकर्मी गौशाला नगरपालिका ७ जमुनियाँकी सुस्मिता कुमारी सिंहको उपचारको क्रममा सो क्लिनिकले हेलचक्राई गरेका थिए ।
दुर्घटनामा परि उनको खुट्टामा गम्भीर चोट लागेको थियो । उनलाई उपचारको लागि तत्काल गौशाला पोली क्लिनिकमा उपचारका लागि भर्ना गराएका थिए । सिंहलाई उपचार गर्नका लागि क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीले आलटाल गरेका हुन । जसले गर्दा विरामीको स्वास्थ्य अवस्था विग्रिदै आएको थियो । सोही क्रममा उपचार गराउनका लागि रेडियो रुपान्तरणले सहकर्मीले वारम्बार आग्रह गर्दा समेत स्वास्थ्यकर्मीले कुनै सुनवाई गरेका थिएन् । त्यहाँ कार्यरत रहेका स्वास्थ्यकर्मीहरु उल्टै सेवाग्राहीलाई थर्काएका थिए । वोर्डमा एमवीवीएसस्तरको डाक्टरहरुको नामको लहर भएपछि किलनिकमा एकजना पनि डाक्टरहरु त्यहाँ उपस्थित रहेका थिएन ।
अन्त्यमा केही सिप नलागेपछि सिंहलाई उपचारको लागि अन्त्यन्त्र लानुपरेको थियो । गौशालाक्षेत्रमा हुने सवारी दुर्घटनाको विरामीलाई सर्वप्रथम सोही क्लिनिकमा ल्याउने गर्दछन । दुर्घटनामा घाईते हुनेहरुलाई त्यही क्लिनिकमा उपचार गराउनका लागि प्रहरीले दबाब दिदै आएको रहस्य खुलासा भएको छ ।
गौशाला नगरपालिकाको सवैभन्दा ठूलो एवम् व्यवस्थित प्रथामिक स्वास्थ्य केन्द्र नजिकमै भएतापनि दुर्घटना हुने बखतमा उपचारको लागि घाईतेहरुलाई त्यहाँ लानुको लागि प्रहरीले शिफारिस नगर्नु रहस्य बन्दै गएको छ ।