
महोत्तरी। समाज उत्थान कल्याण संघ,जलेश्वरले धनुषा स्थित विभिन्न तिन परिवारलाई शनिवार आर्थिक सहयोग गरेको छ । संस्थाका सदस्य विमलेश मंडल र संस्थाका अन्य सहयोगीहरु धनुषाको क्षिरेश्वरनाथ नगरपालिका,मिथिला विहारी नगरपालिका र औरही गाउपालिका पुगेर तिनै परिवारलाई आर्थिक सहयोग गरेका हुन । सामाजिक संजालमा पिडितहरु वारे जानकारी आएपछि संस्थाले उक्त सहयोग गरेको हो ।
क्षिरेश्वरनाथ नगरपालिका ९ हतरा निवासी गंगा साफीलाई पारालाईसिस भएकोमा परिवारको आर्थिक भार धान्न समस्या भएपछि समाज उत्थान कल्याण संघले पाच हजार आर्थिक सहयोग गरेको हो । यता मिथिला विहारी नगरपालिका ६ सिरसिया टोल निवासी रामबाबु यादवको तिन दिन पहिले मृत्यु भएकोमा परिवारमा उनको संस्कार कर्म गर्न समेत आर्थिक संकट परेपछि उक्त परिवारलाई समेत पाच हजार सहयोग गरिएको छ । उनको संस्कार कर्म चार वर्षिया छोरी आरती कुमारी यादव गर्दैछिन । उनैले मुखाग्नी समेत दिएकि हुन ।
यता औरही गाउपालिका १ पौडेश्वरमा स्व ब्रम्हदेव दास तत्माको परिवारमा समेत बच्चाको लालन पालनमा समस्या भएपछि उनकी श्रीमति प्रेम देवीलाई समेत दश हजार आर्थिक सहयोग गरिएको छ ।
संस्था नया भएपनि पिडितहरुको समस्या सामाजिक संजालमा देखेपछि असह्य भएर सानो रकम भएपनि थोरै उनीहरुको घाउमा मलम लगाउने प्रयास गरेको संस्थाका संस्थापक सचिव प्रेम कुमार चौधरीले वताए । उनले संस्थाले भ्याएसम्मको सहयोग आगामी दिनमा समेत गरिरह्ने बताए ।