सर्लाही। ठेकेदार कम्पनी ,जनप्रतिनिधि तथा स्थानीयबासीहरु बीचको सहमति पछि विभिन्न कारणहरुले गर्दा रोकिएको सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-७ मुसैली स्थित बौधीदेवी माई नजिक बडकी पोखरीको सौन्दर्यकरण तथा छठघाटको निर्माणकार्य एकसाता भित्र सुरु हुने भएको छ ।
आन्तरिक पर्यटनलाई बढावा दिन स्थानीयबासीहरुको पहलमा मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मुसैलीको श्री बौधी देवी जनता मा.वि को अधिनमा रहेको करिब १० बिगहा क्षेत्रफलमा फैलिएको उक्त पोखरीलाई सौन्दर्यकरण गरेर पार्क र छठीघाट निर्माण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत (२०७७)साल असोज ४ गते १५ महिनामा काम सम्पन्न गर्ने गरि करिब ६ करोड १२ लाख ९३ हजार रुपैयाँमा एम.आर. आर जे कमल जेभी जनकपुरधामलाई ठेक्का दिएको थियो। तर विभिन्न कारणहरुले गर्दा काम बीचबीचमा रोकिदै र चल्दै आएको थियो । सम्झौता अनुसार काम सम्पन्न गर्ने समय विस्तारै बित्न लागेपछि स्थानीयबासीहरुले ठेक्का लिएको एम.आर. आर जे कमल जेभी उपर काममा ढिलासुस्ती ,हेलचक्राइ तथा कमसल सामाग्रीहरुको प्रयोग गरेर गुणस्तरहीन काम गरेको आरोप लगाएका छन् ।उनीहरू बीच सहमति हुनु अगाडी सो स्थानमा बनाइएका भौतिक संरचनाहरु २ महिना नबित्दै भत्किएकाले ठेकेदार कम्पनी माथि कारवाही हुनुपर्ने स्थानीयहरुको माग रहेको थियो ।
स्थानीयहरुले निर्माण कम्पनीका ठेकेदार खुसीलाल ठाकुर उपर प्रदेश -२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीय सांसद महेन्द्र यादव , प्रदेश सांसद एवं प्रदेश मामिला समितिका सभापति अशोक यादव लगायतको उपस्थितिमा गत वर्षको आश्विन ७ गते शिलान्यास गरिएको उक्त पोखरीको शिलान्यास गरेको ३ महिना पछि काम सुरु गरेको र ३ महिना लगातार काम गरि चैत्र महिनामा काम बन्द गरेर गएको र त्यसपछि पुनः बैशाखदेखि काम सुरु गरि एक महिना पछि अचानक कसैलाई कुनै जानकारी नदिई बिचमै काम रोकेर पोखरी सौर्न्दर्यकरण तथा छठघाटको निर्माणकार्यलाई अलपत्र पारेर भागेको आरोप लगाएका छन् ।ठेक्का सम्झौता भइ काम सुरु भएको अवधीमा बनाइएको पर्खाल, पोखरीको किनारमा घाट बनाउनको लागि गाडिएको फलामे छड सबै भत्किएको उनिहरुले बताएका छन्। पोखरी विद्यालयको अधिनमा रहेकोले माछापालनका लागि लगाएको ठेक्काबाट विधालयले मासिक करिब २ लाख रुपैयाँ आम्दानी गर्दै आएको तर काम रोकिएर लथालिङ्ग भएपछि विद्यालयको आम्दानीको मुख्य श्रोत बन्द भएको स्थानीयहरुले बताए । उक्त पोखरीमा गाउँभरीका महिला तथा पुरुषहरु छठ पुजा लगायत अन्य पुजा पर्व मनाउँदै आएको तर सौर्न्दर्यकरणको क्रममा पोखरीमा खाल्डा खुल्डी गरि बेवारिसे अवस्थामा छाडिएकाले यस पालिको छठ पर्व मनाउने वातावरण नरहेको स्थानीयले गुनासो गरेका छन् ।
तर उता ठेकेदार ठाकुरले भने आफुले काम छाडेर नभागेको बताएका छन् । कामको सिलसिलामा आफुसँग केही त्रुटि भएको उनले स्विकारेका छन् ।ठेकेदार ठाकुरका अनुसार काम गर्ने क्रममा स्थानीयबासीहरुको आन्तरिक विवाद तथाअसमझदारीका कारण अनियमितरूपमा काम भएकोले केही ढिलाइ भएको बताएका छन् । पोखरी किनारमा बनाएको पर्खाल छेउमा रहेको जग्गाको मालिकले माटो भर्न नदिएपछि एकतर्फी लोड परेर पर्खाल भत्किएको उनले बताए । निर्माणकार्य चलिरहँदा स्थानीय केही ब्यक्तिहरुले पटकपटक बाधा अवरोध उत्पन्न गरेपछि बाध्य भएर काम बन्द गर्नु परेको ठेकेदार ठाकुरको भनाइ छ ।
स्थानीयहरु बीचको आन्तरिक विवादको टुंगो नलागेसम्म काम अगाडी बढ्ने कुनै संकेत नदेखिए पछि चल्दै गरेको कामलाई रोकेपछि केही ब्यक्तिहरुले "निर्माणकार्य बन्द गरेर ठेकेदार फरार" भएको समाचारहरु विभिन्न पत्रपत्रिका तथा अनलाइनहरु मार्फत प्रकाशन गराएर कुरै नबुझी आफुलाई बदनाम गरराउन खोजेपछि बाध्य भएर असोज २ गते सनिवार निर्माण स्थलमै पुगेर स्थानिय बासीहरुलाई राखेर नगरप्रमुख निरसल साहको अध्यक्षतामा बडाध्यक्ष, स्थानीय भद्रभलादमी,स्थानीय प्रहरी चौकीका प्रतिनिधि र पत्रकारहरुको रोहवरमा ४ बुँदे सहमती गरेको ठेकेदार ठाकुरले बताए ।
लामो समयसम्म चलेको छलफल पश्चात् सर्वसम्मति अनुसार रोकिएको काम यही असोज ४ गतेदेखि संचालन गर्ने र गरेको कामको लगत इस्टिमेट मुल्यांकन अनुसारको भुक्तानी गर्ने तथा त्यसको जानकारी अख्तियारलाई समेत जानकारी दिने ,भए गरेको कामको लगत इस्टिमेट २०७८ असोज ६ गतेसम्म नगरपालिका ,वडा कार्यालय र बौधी देवी जनता मा.वि को विद्यालय व्यवस्थापन समितिलाई बुझाउने निर्णय गरिएको छ ।यसैगरी छठपर्व नजिकिँदै गरेको र छठ पुजा गर्न घाट अतिआवश्यक रहेकोले यही कात्तिक २५ गतेको भित्रमा पोखरीको दुइपट्टीको छठी घाट निर्माण गरेर दिने सहमति भएको छ । सबैभन्दा पहिले जतिसक्दो चाँडो छठ घाट निर्माण गरेर स्थानीयबासीहरुलाई छठ पुजा गर्ने वातावरण तयार पारेर दिने ठेकेदार ठाकुरले सबैसामु प्रतिवद्धता समेत गरेका छन्।
यसैगरी नापी नक्सा अनुसार विद्यालयको पोखरीको जग्गा अमिन खटाएर पोखरीको दक्षिण र पश्चिम पट्टीको जग्गा छुट्टाउन लगाई २ मिटर पोखरीको र २ मिटर जग्गा धनीको जग्गाबाट लिई मंसिर मसान्तभित्र बाटो बनाउने कार्य सम्पन्न गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ ।
कामको सिलसिलामा स्थानीयहरुको तर्फबाट कुनै किसिमको बाधा अवरोध नआए र काममा समेत सहयोग र साथ पाएको खण्डमा पोखरीको सौर्न्दर्यकरणको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न आफु प्रतिवद्ध रहेको निर्माण कम्पनीका ठेकेदार ठाकुरले छलफलमा सहभागी भएका पत्रकारहरुलाई बताएका छन् ।
ठेकेदारले छठ पुजाको लागि घाट निर्माण गरेर दिने आश्वासन दिएपछि छलफलमा उपस्थित स्थानीयहरु आसश्वत हुँदै खुसी व्यक्त गरेका थिए ।ठेकेदार कम्पनीले प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्याल