
सप्तरी - सप्तरीमा सडक दुर्घटनामा परि एकजनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुसार आज पिकअप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पर्साको जिरा भवानी गाउँपालिवका-३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको ज्यान गएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
खडक नगरपालिका-६ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.१४च ६२७९ नम्बरको पिकअप र विपरीत दिशातर्फ जाँदै गरेको ना.३७प ३८९४ नम्बरको मोटरसाइकल आपसका ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।