महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–११ इमलिबजारमा सञ्चालनमा रहेको दिपेन्द्र मदिरा पसलमा अज्ञात व्यक्तिले आगजनी गर्दा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीयका अनुसार राति करिब १ः०५ बजे पसलमा आगो लगाइएको थियो। आगलागी भएको खबर पाएपछि स्थानीयवासी पानी लिएर आगो निभाउन पुगे पनि आगो नियन्त्रणमा लिन नसक्दा पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।



पसल सञ्चालक दिपेन्द्र महतोका अनुसार आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
यस घटनासम्बन्धी सिसिटिभी फुटेजका आधारमा एक जनालाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





