
महोत्तरी- महोत्तरीको सम्सी गाउँपालिकाका सहकारीहरुलाई व्यवस्थित, दिगो भरपर्दो र विश्वासिलो बनाउन तथा सहकारीहरुमा एकरुपता ल्याउनका लागि आज सम्सी गाउँपालिकामा सहकारी संजाल गठन भएको छ।
जिल्ला सहकारी संघ महोत्तरीका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा बसेको सम्सी गाउँपालिका १५ सहकारी संस्थाहरूको बैठकबाट जिल्ला सहकारी संघका उपाध्यक्ष एवं महालक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गगन देव यादवको संयोजकत्वमा अहिले १३ सदस्य सम्सीमा सहकारी सञ्जाल सर्वसहमतिबाट गठन भएको छ ।

महालक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको कार्यालय, पोखरभिण्डामा दिउँसो १२ बजे बसेको बैठकमा जिल्ला सहकारी संघ महोत्तरीका सदस्य रामनारायण साहको समेत उपस्थिति रहेको थियो ।
उक्त बैठकमा सहकारीका पदाधिकारी तथा कर्मचारीहरुले सहकारी सञ्जालको अवश्यकताका बारेमा आ-आफ्नो मन्तब्य राखेका थिए।
महोत्तरी जिल्लाका सबै पालिकाहरुमा सहकारी सञ्जाल गठन गरेर सहकारी संस्थाहरुलाई सक्रिय बनाउने जिल्ला सहकारी संघ महोत्तरीले निर्णय गरेको छ।