गोरखा - श्रीमानको ह'त्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई गिरफ्तार गरेको छ ।
असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको ह'त्या गरेको प्रहरीले बताएको छ । डीएसपी प्रकाश दाहालले माइलीले नै श्रीमानको ह'त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
डीएसपी दाहालले भने, ‘घाँटी थिच्नाले आइतबहादुरको मृ'त्यु भएको अनुसन्धानबाट खुल्न आयो अनि हामीले माइलीलाई गिरफ्तार गर्यौं ।’ मंगलबार गिरफ्तारीमा परेकी माइली विरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।
धार्चे गाउँपालिका–२ केरौजाका आइतबहादुरको परिवार २०७२ सालको भूकम्पले वस्ती जोखिममा परेपछि गोरखा नगरपालिका–७ पौवाखेतमा बसोबास गर्दै आएका थिए । उनीहरुको दुई छोरामध्ये कान्छो छोरा र बुहारी उनीहरुसँगै बस्छन् ।
श्रीमानले रक्सी खाएर गाली गरेकाले घाँटी थिचेको माइलीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । घटनाको भोलिपल्ट बिहान माइली आफूले काम गर्ने गोरखा बसपार्क स्थित होटल मुक्तिनाथ पुगेकी थिइन् । घरमा मान्छे जम्मा भएर बोलाएपछि उनी घर फर्किएकी थिइन् ।