दिवेश कुमार महतो, काठमाडौं।
लियो डिस्टिक काउन्सिल ३२५ एफ को निर्देशन, लियो क्लब अफ काठमाडौं एम्बेसडरको आयोजना र लियो क्लब अफ जनकपुरधाम क्यापिटलको सहआयोजनामा युवा नेतृत्व विकासका लागि लियोहरूको युथ क्याम्प -२०२६ सम्पन्न भएको छ ।
लियो जिल्ला परिषद ३२५ एफ नेपाल २०२५/२६ का अध्यक्ष लियो आकृति न्यौपानेको अध्यक्षता र लायन्स जिल्ला ३२५ एफ नेपालका जिल्ला गर्भनर लायन्स केशहर बहादुर भण्डारी को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।




काभ्रेपलाञ्चोक जिल्लाको पनौतीस्थित डायमण्ड हिल रिसोर्टमा दोस्रो जिल्ला परिषदको बैठक र दुई दिवसीय युथ क्याम्प -२०२६ को संयुक्त आयोजना गरी कार्यक्रम गरिएको थियो । सोही युथ क्याम्पको पहिले दिन सहभागी सबै लियोहरुले एकअर्कासँग साक्षत्कार गरेका थिए । कार्यक्रमको सुरुवात भने स्वागत नृत्य बाट भएको थियो । युथ क्याम्पमा लियो जिल्ला परिषद ३२५ एफ नेपाल २०२५/२६ का अध्यक्ष लियो आकृति न्यौपानेले उपस्थित लियोहरु माझ स्वागत मन्तव्य राख्दै अतिथिहरुलाई सम्मान गरेका थिए भने युथ क्याम्पको कार्यतालिका प्रस्तुत गरेकी थिइन् ।

युथ क्याम्पमा जम्मा १६ वटा लियो क्लबहरु बाट ९२ जना भन्दा बढी लियोहरुको उपस्थित रहेको कुरा सह-आयोजक समितिका अध्यक्ष लियो विकास साहले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि केशर बहादुर भण्डारीका अनुसार “देशको बदलिदो परिस्थिति बमोजिम लियोहरु पनि अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताउनुभयो । लियोहरुको नेतृत्वदायी सिपले आउँदो निर्वाचनमा उल्लेखनिय भुमिका निर्वाह गर्न र जनेजी आन्दोलन पछि देशमा भएको राजनितिक उथलपुथल मा लियोहरु ,यसको व्यवस्थापनका लागि अग्रसर हुन आग्रह गर्नुभएको थियो । लियो डिस्टिक काउन्सिल एफ मा महिला नेतृत्व भएको र कार्यक्रममा सबै जातजाति र समुदायको प्रतिनिधित्व रहेको र लोकतन्त्रको सुन्दर पक्ष नै समावेशिता भएकाले” कार्यक्रमका आयोजक क्लबलाई शुभकामना एबम बधाई ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला लियो परिषद क्लब ३२५ एफ का विशिष्ट अतिथि राजेन्द्र गिरीले ” नेपालमा काम गरिरहेका लियो र लायन्स क्लबहरुको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा हुने गरेको बताउनुभयो । वहाँले “थोरै काम गर तर उपयोगी काम गर ,जुन समाजिक हितका लागि होस्” भन्ने सुझाव दिएका थिए। गिरीका अनुसार ” युथ क्याम्प -२०२६ मा लियोहरुको उत्साहजनक उपस्थितिले आफु धेरै खुशी भएको बताउनुभयो । युवा नेतृत्व विकासका लागि यस्ता किसिमको युथ क्याम्प आवश्यक रहेको र लियोहरुलाई कुनै पनि किसिमको साथ र सहयोग चाहिएको खण्डमा हामी हातेमालाे गर्न तयार रहेको बताउनुभएको थियो ।
युथ क्याम्प २०२६ को दोस्रो दिन लियो मिल्टिपल डिस्टिकका अध्यक्ष साजन भण्डारीको प्रमुख अतिथ्यतमा भएको कार्यक्रममा जिल्ला परिषदको बैठकबाट अगामी रणनिती र योजना बारे छलफल भएको थियो भने युथ क्याम्पको कार्यशालामा प्रशिक्षक लायन्स राजन कोइरालाले नेतृत्त्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए । नेतृत्वमा हुनुपर्ने गुणका बारेमा वृहत छलफल भएको थियो । प्रयोगात्मक विधिबाट भएको छलफलमा नेतृत्वका लागि चाहिने आधारहरू र भावी योजना बारे लियोहरुको रोड म्याप हुनुपर्ने कुरामा जोड दिनु भएको थियो । त्यस्तै कार्यक्रमको दोस्रो दिनको दोस्रो सत्रमा लायन्स प्रज्वल थापाले नेतृत्व र संचार सिपबारे प्रशिक्षण दिएका थिए ।

विभिन्न विधामा रहेर लियो क्लबको विकास र निर्बाह गरेको भुमिकाको आधारमा विभिन्न शिर्षकमा लियोहरुलाई मायाको चिनो सहित प्रमाणपत्र दिएर सम्मान गरेका थिए । कार्यक्रममा धेर्यताका साथ अर्थपुर्ण सहभागिता जनाएर सहभागी भएकोमा सबै सबै लियो हरुलाई स -सम्मान सहित बधाई तथा शुभकामना दिदैं लियो जिल्ला परिषद २०२५/२६ का अध्यक्ष आकृति न्यौपानेले कार्यक्रम समापन गरेका थिए ।




