
सप्तरी- सप्तरीमा हिजो मंगलबार मात्रै दुई बालिका सहित तीनजनाको पानीमा डुबेर ज्यान गएको घटना सेलाउन नपाउँदै आज पुन: पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।
ज्यान जानेमा महादेवा गाउँपालिक २ अकबरपुर निवासी रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानी रहेकी छन् ।
घर नजिकैको पोखरीमा नुहाउने क्रममा बुधबार बालिकाको डुबेर मृत्यु भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी भाधव प्रसाद काफ्लेले जानकारी दिए ।