
रौतहट- रौतहटबाट कटुवा पेस्तोल र गोली सहित एक युवकलाई गिरफ्तार गरिएको छ।
पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका २ भलुईयाका २४ वर्षीय सञ्जय साह सोनार छन् ।
उनलाई १ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २ थान गोली सहित बुधबार दिउँसो प्रहरीले गिरफ्तार गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा हतियार सहित सोनारलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।