महोत्तरी – युवा गैरसरकारी संस्था महासंघ, नेपालले महोत्तरी जिल्ला संयोजकमा आकाशकुमार शाहलाई मनोनयन गरेको छ।
महासंघका अध्यक्ष नारायण गिरीले बुधबार जारी गरेको मनोनयनपत्रमा युवा क्षेत्रमा क्रियाशील संघ–संस्थालाई संगठित गर्दै युवाको हकअधिकार सुनिश्चित गर्ने तथा सामाजिक रूपान्तरण र विकासमा युवाको सहभागिता बढाउने उद्देश्यले शाहलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको उल्लेख छ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम स्थापित महासंघले लामो समयदेखि युवाका नीतिगत सवालमा पैरवी तथा क्षमता अभिवृद्धिका क्षेत्रमा राष्ट्रियस्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनाएको छ।



नवनियुक्त जिल्ला संयोजक शाहलाई सफल कार्यकालको शुभकामना दिँदै महासंघले तत्काल जिल्ला भेला आयोजना गरी जिल्ला कार्यसमिति गठन गर्न र गठित समितिको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ।





