विराटनगर- ला गुऔषध गाँजा सहित विराटनगरबाट शनिबार दिउँसो एकजना महिला प क्रा उ परेकी छन्। प क्रा उ पर्नेमा विराटनगर महानगरपालिका–१४ जतुवाकी २५ वर्षीया आरतीदेवी यादव रहेकी प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले छापा हानेर उनको घरबाट १७ किलोग्राम गाँजा बरामद गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार घर मै गाँजा किनबेच भइरहेको पाइएपछि यादवलाई प क्रा उ गरिएको हो। गाँजाको कारोबारमा उनी मात्रै संलग्न हुन् कि अरुको पनि संलग्नता छ भन्ने बारेमा अनुसन्धान थालिएको जिसीले जानकारी दिए। भारत निकासी गर्नका लागि पहाडी जिल्लाबाट गाँजा ल्याइएको हुनसक्ने उनको भनाइ छ।
नेपालमा गाँजा प्रति किलो २० हजार रुपैयाँसम्ममा किनबेच हुने बताइएको छ। भारत पुर्याउँदा दोब्बर मूल्य अर्थात ४० हजार रूपैयाँभन्दा बढी पाइने भएपछि ला गुऔषध गाँजाको अवैध ओसारपसार एवं कारोबार हुने गरेको प्रहरीको अनुमान छ।
एसपी जिसीका अनुसार पछिल्लो समय गाँजाको कारोबार बढेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ।
ला गुऔषध गाँजाको कारोबार रोक्न प्रहरीको विशेष टोली नै परिचालन गरिएको उनले बताए।