महोत्तरी- जलेश्वर नगरपालिका २ मा स्थित भागेसर पार्क को शिलान्याश आज एक समारोह बीच शिलान्यास गरिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल को अध्यक्ष एवं महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य महन्त ठाकुर ले जलेश्वर नगरपालिकाको आयोजनामा जलेश्वर न पा २ मा स्थित भागेसर पार्क को शिलान्यास गरेका छन् ।
शिलान्यास समारोहमा रौतहट जिल्ला को प्रतिनिधि सभा सदस्यीय अनिल कुमार झा , पुर्व सामाजिक विकास राज्य मन्त्री एवं महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ (१) को प्रदेश सभा सदस्य अभिराम शर्मा , प्रदेश सभा सदस्य माननीय रानी शर्मा , प्रदेश सभा सदस्य बबिता चौधरी , जिल्ला समन्वय समितिको सभापति सुरेश प्रसाद सिंह , जलेश्वर अस्पताल बिकाश समिति को अध्यक्ष सुरेश पाण्डे लगायत विभिन्न पार्टीका नेता , कार्यकर्ता , जलेश्वरनगरवासीको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता जलेश्वरका मेयर राम शंकर मिश्र र प्रमुख अतिथि महन्त ठाकुर थिए। करिब पौने ७ करोड को लागतमा सो पार्क को निर्माण हुनेमा सहरी बिकास मन्त्रालय बाट पौने ५ करोड र नगरपालिका बाट २ करोड लगानी हुने बताइएको छ ।
https://www.youtube.com/watch?v=2fsQyGAPB3o