जनकपुरधाम - प्रदेश २ सरकारले तराई मधेशका महिलाहरुको निष्ठाको कठोर पर्व जितियाको अवसरमा असोज १३ गते बुधवार सार्वजनिक विदा घोषणा गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज एक शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन् ।
मुख्यमन्त्री राउत द्वारा जारी शुभकामना सन्देशमा पुत्रको दिर्घायुको कामना गर्दै हिन्दु धर्माबलम्बी मधेसी समुदायका महिलाहरुले मनाउने कठाेर व्रत जितियाको अवसरमा सम्पूर्ण महिलाहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।
सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन् ।
उनले सबै प्रदेशबासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका हुन् ।