
महोत्तरी- भारतबाट भन्सार छलेर चो री पैठारी गरी ल्याइएका मोबाइल सहित प्रहरीले दुई जनालाई प क्रा उ गरेको छ ।
भन्सार छलेर ल्याएका मोबाइलको कारोबार गर्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला महोत्तरीको बर्दिबास नगरपालिका-१४ घर भइ काठमाडौँ शंखमुल बस्दै आएका २१ वर्षीय आकाश कार्की र बर्दिबास नगरपालिका-१४ घर भइ हाल काठमाडौँ महानगरपालिका-३१ जडिबुटी बस्दै आएका २१ वर्षीय अमित कुमार महतो रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट आईफोन, सामसुङ, लाभा, ओप्पो, हुवावे र रियलमी कम्पनीका ६१ थान मोबाइल बरामद गरेको छ । दुवैलाई अवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण पठाइएको महाशाखाले जनाएको छ ।