जनकपुरधाम – जनकपुरको एक कपडा पसलमा आज आगलागी हुँदा करोडौंको क्षति भएको छ । रामानन्द चोकबाट पूर्व अस्पताल रोडमा पर्ने महारानी वस्त्रालयमा विद्युत तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।
मंगलबार मध्यान्ह १२ बजेको समयमा विद्युत तार सर्ट भएर पसलमा आगो लागेको वस्त्रालय सञ्चालक उमाकान्त चौधरीले बताए ।




उनले भने, ‘करिब १२ बजे वस्त्रालयको सटर खोलेर पूजा गर्न संकटमोचन मन्दिर गएर फर्केर आउँदा वस्त्रालयमा आगो लागेको थियो ।’
बारुण यन्त्रको सहयोगमा स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट पसलमा रहेको सबै कपडा र फर्निचर समान ,नगद समेत जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले आगलागीबाट करिब २ करोड बराबरको क्षति भएको पीडितले दावी गरेको जानकारी दिए ।




