
महोत्तरी – जलेश्वर–भिठ्ठामोड हुलाकी सडक खण्ड विस्तार गर्नका लागी पिपरामा रहेको संकट मोचन हनुमान मन्दीर भत्काउँने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको सुचना पछि मन्दिर बचाउँ संघर्ष समिती उक्त निर्णयको विरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा २०७८।०५।३१ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकबाट हुलाकी सडक अन्तर्गत पिपरा हनुमान मन्दीर परिसरमा रहेको भवन र टहरा हटाउँने र भत्काउँने ,पर्खाल तोडफोड गर्ने भनेर जारी गरिएको सुचना प्रती मन्दीर बचाउँ संघर्ष समितीले आपती जनाएको छ ।
संघर्ष समितीका संयोजक एवं मन्दिरका पुजारी बाबा रामदास शरण बैष्णबले हिन्दुहरुको आस्था र विश्वासको केन्द्र मानिएको उक्त मन्दिरमा भ्रस्टाचार भएको र उक्त भ्रस्टाचार लुकाउँन मन्दिर हतार हतारमा भत्काउँन लागिएको आरोप लगाएका छन । सडक छेउमै रहेको उक्त मन्दिर शुक्रबार भत्काउने सुचना आएपछि मन्दीर बचाउँ संघर्ष समिती उक्त मन्दिर नभत्काउँन जिल्ला प्रशासन कार्यालय महोत्तरी , प्रदेश प्रमुखको कार्यालय प्रदेश नं २ , मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समक्ष ज्ञापनपत्र बुमmाएका छन ।
मन्दिर बचाउँ संघर्ष समितीले बुमmाएको ज्ञापनपत्रमा हिन्दुहरुको आस्थाको केन्द्र उक्त मन्दीर रहेको र गतबर्ष प्रधानमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेशबाट ६० लाखको लागतमा मन्दिरमा काम भएको भन्दै मन्दिर नभत्काउँन जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई अनुरोध गरेको छ । ज्ञापनपत्रमा सनातन हिन्दु धर्म संस्कृती,संस्कार,मुल्यमान्यता अनुरुप संचालित धार्मिक काममा कुनै किसिमको वाधा अवरोध सृजना हुने काम स्थानिय प्रशासन,सम्बन्धित निकायबाट हस्तक्षेपपुर्ण कार्य नगर्न अनुरोध गरेको छ । ज्ञापनपत्रलाई अवज्ञा गर्दे मन्दीर भत्काउँने प्रयाश भए त्यसको प्रतीकारमा उत्रने संघर्ष समितीले चेतावनी दिएको छ ।






