महोत्तरी।भङ्गहा नगरपालिका वडा नं ६ भित्र ८ वटा सामुदायिक भवन र एउटा शौचालयको उद्घटान गरिएको छ । लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरत सिंह भणडारी र भंगहा नगरका नगर प्रमुख संजिव कुमार साहद्वारा उक्त भवनहरु उद्घाटन गरिएको हो ।सो कार्यक्रममा नेकपा माओवादी र नेपाली कांग्रेसबाट कृष्ण यादव, डा. रतन यादव,ब्रहमदेव यादव,एमाले पार्टीका विद्यार्थी नेता गंगा राम यादव र नेपाली कांग्रेसका पुराना एवम् प्रभावशाली नेता मोहन जोशी सहित विभिन्न पार्टीबाट दर्जनौ नेताकार्यकर्ताहरु लोसपा पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेसीहरुलाई वरिष्ठ नेता शरत सिंह भणडारी, जितेन्द्र सोनल, जानकी सरन साह, सुरिता साह, रानी शर्मा तिवारी र अभिराम शर्माले स्वागत गरेका थिए ।मधेस र मधेसी जनताले अधिकार नपाए सम्म आन्दोलन जारी रहन्छ : नेता भण्डारी
लोसपाका वरिष्ठ नेता तथा महाेत्तरी क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य शरद सिंह भण्डारीले आफू कुनै बेला नेपाली कांग्रेस पार्टीका ठूलो हैसियत बाला नेता भए पनि मधेस र मधेसी जनताको पहिचान, सम्मान र अधिकारको मधेसवादी दलमा लागेर संघर्ष गर्दै आईरहेकाे बताए । उनले संविधान संशोधन नभए सम्म संघर्ष जारी रहने बताए ।