
सिरहा। गोलबजारमा रहेको ग्रिन ल्याण्ड होटलबाट यौ’नधन्दामा संलग्न दुई यूवतीसहित ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
दुई यूवतीसंग दुई यूवक रंगे’हात पक्राउ परेपछि प्रहरीले होटल संचालकद्वय जीवछ साह र राजकुमार साहलाई पनि गिरफ्तार गरेको हो । यूवतीसंग सतिश महरा र राजन पासवान बसेका थिए । उनी दबै जनालाई समेत गिरफ्तार गरिएको छ ।
पक्राउ परेकी यूवतीको पहिचान गोप्य राखिएको छ । यौनधन्दा भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले होटलमा छापा मारेको बताइएको छ । गिरफ्तार परेका सबैलाई कानुन बमोजिम कारबाही गरिने गोलबजार प्रहरीले जनाएको छ ।