
सिरहा : मधेसका चर्चित गायक सावन कुमार यादवको निधन भएको छ । सिरहाको लहान नगरपालिका २२ घर भएका गायक यादवको आज अल्पआयूमै निधन भएको हो ।
बिरामी परेका यादव डाक्टरको निगरानीमा उपचार गराइरहेका थिए । अन्दाजी ३५ वर्षीय यादवको निधनले उनको गाउँबासी शोकमा डुबेका छन् । उनका बुवा बिन्देश्वर यादव वडाध्यक्ष हुन् ।
यादव सयौं मैथिली गित गाएका छन् । उनको कैयौं गित सामाजिक सञ्जालमा भाइरल छन् । ‘प्रेम हम करबे करब, अहि स सजनी… कहि दियौं बाबु के करब हम मगनी’ जस्ता उनका कैयौं गित लोकप्रिय बनेको छ ।