
धर्मेन्द्र कुमार यादव /महोत्तरी,
महोत्तरी- महोत्तरीको सोनमा गाउपालिका शिक्षा शाखाद्वारा आयोजित साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित गायन तथा नृत्य प्रतियोगिता कार्यक्रममा गाउँपालिका भित्रका सबै बिद्यालयका छात्रछात्राहरुकाे सहभागीता रहेको थियो।

सम्पन्न प्रतियोगितामा प्रावि स्तरको गायन तर्फ मावि सोनमा प्रथम, आधारभूत विद्यालय सोनमा दोस्रो, आधारभूत विद्यालय गोबरहिया तेस्रो र आधारभूत विद्यालय खेस्राहा चौथो भएका छन्।
त्यस्तै मावि स्तरको गायन तर्फ मावि सिहासनी प्रथम, आधारभूत विद्यालय खेस्राहा दोस्रो, मावि सुन्दर पुर तेस्रो तथा मावि सोनमा चौथो भएका छन्।

त्यस्तै प्रा बि तह नृत्य तर्फ अधारभूत बि सोनमा प्रथम, अदहारभूत बि शिवनगर दोस्रो, अ बि खेस्राहा तेस्रो, मा बि खखना सन्तवना भएका छन। मा बि नृत्री तर्फ मा बि सोनमा प्रथम, अ बि शिवनगर दोस्रो, मा बि खैरबनी तेस्रो र मा बि खखना चौथो भएका छन्।
त्यस्तै प्रावि हाजिरी जवाफ प्रतियोगिता तर्फ पंकज इ बो स्कुल खखना प्रथम, अ बि गोबरहिया दोस्रो, मा बि सुन्दर पुर तेस्रो र आ बि मगर थाना चौथो भएका छन त्यस्तै मा बि हाजिरी जवाफ प्रतियोगिता तर्फ मा बि खखना प्रथम, मा बि सोनमा दोस्रो, मा बि खैरबनी तेस्रो र मा बि सुन्दर पुर चौथो भएका छन्।

कार्यक्रमा शिक्षा शाखाद्वारा समय समयमा संचालन गरिएको हाजिरी जवाव प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान ल्याउनेलाई कप, मेडल र प्रमान पत्र प्रदान गरिएको छ। प्रतियोगितामा कक्षा १ देखी कक्षा ५ सम्म र कक्षा ६ देखि कक्षा १० सम्म छुटै छात्र छात्राहरु सहभागी भएका थिए।
सम्म्पन्न गायन तथा नृत्य प्रतियोगितामा सोनमा गाउपालिकाका कृषि प्रमुख बिभा कुमारी, आइटी शुनिल कुमार यादव र पशु प्रामुख यदुन यादव निर्नायकको रुपमा रहेको थियो।

कार्यक्रम शिक्षा संयोजक राजकुमार साहको अध्यक्षता मा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमुख अतिथीको रुपमा सोनमा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव, उपाध्यक्ष जहिदा खातुन, वडा नं ३ का वडा अध्यक्ष प्रमोद सहनी, ५ का वडा अध्यक्ष दिलकुमार यादव, २ का वडा अध्यक्ष राम जीवन यादव, ४ का वडा अध्यक्ष मिठु यादव, नेपाल शिक्षक महासंघ सोनमा गाउपालिका अध्यक्ष रमेश कुमार यादव, उपाध्यक्ष धर्मेन्द्र कुमार यादव, शिक्षक फोरमका जिल्ला अध्यक्ष कौशल कुमार यादव, बरिष्ट प्र.अ लालबाबु यादव, नेपाल शिक्षक संघका पालिका अध्यक्ष दायाराम यादव लगायत विभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिकहहरुको उपस्थिती रहेको थियो ।
कला र सांस्कृतिलाई जिवित राख्न सोनमा गाउँपालिकाले प्रत्येक बर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।