
गणेश कुमार सिंह,महोत्तरी
महोत्तरी जिल्लाको जलेश्वर न.पा. ०२ स्थित जलेश्वर रंगशालामा जिल्ला खेलकुद विकास समिती महोत्तरीको आयोजनामा १२औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बर्दिवास नगरपालिका प्रथम दोस्रो गौशाला नगरपालिका र तेस्रो औरही नगरपालिका भएका छन् ।
उक्त खेलकुद प्रतियोगितामा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र जि.खे.वि.समितिका प्रमुख सुभाष चन्द्र लाल कर्ण अध्यक्षतामा १२ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम संचालन भएका थिए ।
उक्त प्रतियोगिता महोत्तरी जिल्ला अन्तरगतका ८ ओटा नगरपालिका १ ओटा गाउँ पालिकाले भगलिएका थिए। लोहरपट्टि नगरपालिका गौशाला नगरपालिका ,भंगहा नगरपालिका ,पिपरा गाउँपालिका,जलेश्वर नगरपालिका ,मटिहानी नगरपालिका ,बर्दिवास नगरपालिका ,मनराशिसवा नगरपालिका र औरही नगरपालिका का तेस्रो नगर स्तरीय प्रतियोगिता भाग लिई प्रथम ,दोस्रो भएका विद्यालयहरुलाई जिल्लाको लागि छनोट गरि पठाई आ-आफ्नो नगरपालिका/गाउँपालिका सहभागी जनाएका छन्।
१२ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले ६.४५ मिटर सटपुट फ्यालेर उद्घाटन गरेका थिए ।
उक्त खेलमा सहभागी नगरपालिका खेल शिक्षक तथा शिक्षाका शाखा प्रमुख र विद्यार्थी भाइबहिनीहरुको उपस्थितिमा सटपुट,ज्यावलिङ्ग थ्रो,कवडी ,भलिबल ,एथलेटिक्स तफ १०० मिटर दौड ,२०० मिटर दौड,१५०० मिटर दौड , ४×१००रिले दौड,४×४००का रिले दौड र ३०००मिटरको लामो दौडको ,हाईजम्प,लङ्गजम्प,तृपलजम्प,टेकान्डो,कराते आदि जस्ता खेल संचालन भएको थियो ।
स्वास्थ्य र अनुशासन रहनको लागि खेलकुद अतिनै आवश्यक भएको र आफ्नो प्रतोभा देखाउन नगर ,जिल्ला,प्रदेश केन्द्र हुदै अन्तर्राष्ट्रिय सम्म आफ्नो नाम चिन्हाउन सफल भैइन्छ भने जि.खे.वि.समितिका प्रमुख सुभाष चन्द्र लाल कर्ण बताए ।