काठमाडौं – काठमाडौंको बानेश्वर क्याम्पर नजिक एक महिलाको शव फेला परेको छ। अर्धनग्न अवस्थामा महिलाको शव बागमती किनारमा फेला परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसरका अनुसार क्याम्पसअगाडिको पुलमुनी शव फेला परेको हो। बागमती नदीले शव बगाएर ल्याएको जस्तो देखिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका डिएसपी मिनबहादुर लामाले बताए। उनले शवको खनाखत नभइसकेको जानकारी दिँदै विस्तृत कुरा पोष्टमार्टमपछि खुल्ने बताए।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।




