सर्लाही – लालबन्दी नगपालिका–१६, स्थित स्वास्थ्य चौकी परिवानिपुरको आज सामाजिक परीक्षण (सोसियल अडिट) सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापाको अध्यक्षता तथा लालबन्दी नगरपालिका १५ का वडाध्यक्ष गोरखबहादुर बलको विशिष्ठ आतिथ्यतामा स्वास्थ्य चौकीले सरोकारवालालाई सहभागी गराई सामाजिक परीक्षण गराएको हो । कार्यक्रममा स्वास्थ्य चौकीबाट गत आर्थिक वर्ष २०८०/८१ मा भए गरेका काम, कारवाही, सेवा र आम्दानी तथा खर्च प्रस्तुत गरिएको स्वास्थ्य चौकी परवानीपुरका इन्चार्ज हृदेश यादवले जानकारी दिए ।

सोही कार्यक्रममा स्वास्थ्य चौकीका जग्गादाता लालबन्दी नगरपालिका ६ निवासी रामबहादुर कार्कीलाई दोसला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको छ ।



