महोत्तरी – नेपालीहरुको महानपर्व दशैको पूर्वसन्धयामा महोत्तरी जिल्लको दुई पालिकामा प्रहरीहरुद्वारा मन्दिर सरसफाई भएका छन।
जिल्लको गौशाला नगरपालिकामा रहेका जल्पामाई मन्दिर र औरही नगरपालिकामा रहेका सोनामाई मन्दिर सरसफाई गरेका छन् ।
मंगलवार विहान गौशाला नगरपालिका ५ गौशाला बजारमा अवस्थित जल्पामाई मन्दिरको वरिपरि इलाका प्रहरी कार्यालय गौशालाको अगुवाईमा सरसफाई गरिएको हो ।त्यस्तै गरि औरही नगरपालिका ७ अवस्थित रहेका सोनामाई मन्दिर वरिपरि इलाका प्रहरी कार्यालय रामगोपालपुरको अगुवाईमा सरसफाई गरिएको हो ।



सरसफाई कार्यक्रममा स्थानिय व्यापारी, नागरिकसमाज,राजनितीकर्मी, संचारकर्मी सम्मिलित टोलीले झारु लिएर मन्दिर आसपासको क्षेत्रलाई सरसफाई गरिएको हो पछिल्लो समयमा आएर मन्दिर आसपासको वातावरण फोहोरमय एवम दुर्गन्धित बन्दै गएपछि ईलाका प्रहरी कार्यालय गौशालाको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो यता दशै पर्व नजिकमा आउन थालेपछि वजारमा ग्राहकहरुको चहलपहल बढदै गएको छ।
त्यसैगरी महोत्तरी गाउपालिकामा रहेका दुर्गा मंदिरमा सरसफाई गरेका छन् । महोत्तरी गाउपालिका वार्ड न २ को वार्ड अध्यक्ष तथा वार्ड न ४ का वार्ड अध्यक्ष द्वारा प्रहरी को उपस्थिति मा सरसफाइ गरिएको छ।
मंगलवार विहान महोत्तरी गाउपालिका २ महोत्तरीमा अवस्थित दुर्गा मन्दिरको वरिपरि इलाका प्रहरी कार्यालय महोत्तरीको अगुवाईमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा स्थानिय , नागरिकसमाज,राजनितीकर्मी, संचारकर्मी सम्मिलित टोलीले झारु लिएर मन्दिर आसपासको क्षेत्रलाई सरसफाई गरिएको हो । पछिल्लो समयमा आएर मन्दिर आसपासको वातावरण फोहोरमय एवं दुर्गन्धित बन्दै गएपछि ईलाका प्रहरी कार्यालय महोत्तरीको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।






