इटहरी - हाम्रै समाजमा विश्वास नै नलाग्ने घटना सार्वजनिक हुन थालेका छन् । सानै उमेरमा किशोरहरुमा गलत सोच आउने र त्यस तर्फ अग्रसर भएका घटना सार्वजनिक भएका छन् ।
इटहरी उपमहानगरपालिकामा एक ३० वर्ष उमेर पुगेकी महिलालाई १८ वर्ष उमेर नपुगेका किशोरहरुले कर णी गरेको घटना सार्वजनिक भएको छ ।
इभिनिङ वाकमा निस्केकी महिलामाथि १८ वर्ष उमेर नपुगेका ४ र अन्य २ युवकले कर णी गरेको घटना सार्वजनिक भएको छ।इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते घटना भएको हो । तर यो घटना भने प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको छ। ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले हात पात गरी कर णी पछि उनले लगाएका सुनका गहना पनि लिएर गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
महिलालाई धान खेतमा लगेर कर णी भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । प्रहरीले ति मध्य एक जना युवकलाई सार्वजनिक गरेको छ । एक जना सम्पर्क विहिन भएको र अन्य ४ जना १८ वर्ष उमेर नपुगेका किशोर भएको थापाले बताए। ति केटाहरुले महिलाको दुई तोला चार आनाको सुनको सिक्री र नगद तीन हजार रुपैया लिएर गएका थिए । प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये चार जना नाबालक १८ वर्ष मुनिका छन्।
अर्का एक जना भने सम्पर्क विहिन रहेको थापाले बताए। ती महिलाले प्रहरीमा पुगेर घटनाबारे जानकारी दिएपछि प्रहरी अनुसन्धानमा लागेको हो । महिलाको स्वास्थ्य परिक्षण समेत गरिएको छ । पक्राउ परेकामध्ये इटहरी १४ का सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ।