महोत्तरी,गौशाला : महोत्तरीको गौशालामा खुल्ला झिझिया नृत्य प्रतियोगिता सम्पन्न भएको छ । रेडियो रुपान्तरण १०६.३ मेगाहर्जको आयोजनामा गौशालामा सो प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा रजखोर टिम प्रथम, मगही नाटय कला केन्द्र धनुषा टिम दोस्रो र तेस्रो स्थानमा विषहरपुर टिमले कब्जा जमाएको छ । त्यस्तै सान्तव्ना स्थानमा गौशाला टिम रहेका छन् । कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रदेशसभा सदस्य शारदादेवी थापाले मधेशका महिलाहरु सशक्तिरणको सवालमा अगाडि पाईला वढाएको बताईन ।अव यहाँका महिलाहरु ख्ुलेर आवाज वाहिर निकाल्ने भएकोले समाजिक रुपान्तरणका निम्ति जनप्रतिनिधीलाई भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता उपर थापाले जोड दिईन । हरिवन नगरपालिकाकी उपप्रमुख रेणु दाहालले वोक्सीलाई हरेक मानवले मनमष्तिस्कबाट निकाल्नुपर्ने समय आएको बताईन । २१ ऋौं शताव्दीमा प्रवेश गरेका नेपाली समाजमा वोक्सी नरहेको जनविश्वास वढनु सकारात्मक रहेको उपप्रमुख दाहालले जानकारी दिईन् । पूर्वसभासद वुधनीदेवी महतोले पुर्खौली संस्कार एवम संस्कृतिलाई संरक्षण गर्न वर्तमान परिवेशमा आवश्यकताउपर जोड दिईन ।शिक्षाकै कारण हामी नेपाली पिछिडिएको अवस्थाबाट गुज्रिएकोले अब शिक्षाको माध्यमले देश अनि समाजलाई समृद्ध, सुन्दर र शिक्षित समाज निमार्ण गर्न पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
समाजिकस्तरबाट लोपोन्मुख अवस्थामा रहेको संस्कृतिलाई जगेर्णा गर्नका निम्ति सवैको साझा भुमिकाको सवालमा वक्ताहरुले जोड दिएका थिए ।
[caption id="attachment_5545" align="alignnone" width="2560"] खबर दर्पण पत्रिका[/caption]
[caption id="attachment_5544" align="alignnone" width="2560"] खबर दर्पण पत्रिका[/caption]