महोत्तरी : १४ औँ महाधिवेशनको उम्मेदवारी घोषणा लगतै काँग्रेस उपसभापति विमलेन्द्र निधिले स्थानीय स्तरसम्म सक्रियता बढाएका छन् ।
उनले विभिन्न जिल्लादेखि निर्वाचन क्षेत्रसम्मै कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन् ।
यसैबीच दशैँ शुरु भएलगतै जनकपुर आएका उनले धनुषा जिल्लाको चारवटै निर्वाचन क्षेत्रका नेता कार्यकर्तालाई भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम तय गरेका छन् ।
नेपाली काँग्रेस धनुषाका सचिव विशेश्वर यादवले विज्ञप्ती जारी गरि उपसभापति निधिको प्रमुख आतिथ्यमा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् ।
कार्यक्रममा सक्रियतापुर्वका सहभागीका लागि उनले सबै क्षेत्रिय सभापति सहित पदाधिकारी तथा सदस्यलाई आग्रह गरको छन् ।
असोज ३० गते क्षेत्र नम्बर १ धनुषाधाम, असोज २५ गते क्षेत्रनम्बर २ स्थित कमला नगरपालिका–१२ स्थित लगमामा, असोज २४ गते क्षेत्र नम्बर ३ स्थित नगराइन नगरपालिका र असोज २६ गते क्षेत्रनम्बर ४ स्थित महेन्द्र नगरमा कार्यक्रम आयोजना गरिएको नेपाल विद्यार्थी (नेवि) संघका नेता सुजित मिश्रले जानकारी दिए ।