महोत्तरी। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर –५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अब्दुल राईन १० हजार घुस सहित अख्तियारको फन्दामा परेका छन् ।
वडाध्यक्ष महतो र कम्प्युटर अपरेटर राईनले जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत उनले १० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले उनीहरु लाई रँगेहात पक्राउ गरेको हो ।
महतो र कम्प्युटर अपरेटर राईनलाई १० हजार रुपैयाँ लिसकेको अवस्थामा रकम सहित कार्यकक्ष बाट नियन्त्रणमा लिएको हो । उनीहरु लाई आईतवार नियन्त्रणमा लिएको जनाइएको छ ।
वडाध्यक्ष महतो र कम्प्युटर अपरेटर राईनलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाईएको छ ।