महाेत्तरी- बर्दिबास हेल्प फाउन्डेसनले नगरपालिका भित्र अध्ययन गर्ने २६ जना छात्र-छात्राहरूलाई छात्रबृती प्रदान गरेको छ ।
आर्थिक स्थिति कमजोर भएका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई सिकाई सहजीकरण होस् भन्ने उद्देश्यले नगरपालिका भित्रका ५ वटा विद्यालयमा अध्ययन गर्ने छात्र-छात्रालाई पुर्ण छात्रवृत्ति प्रदान गरेको हो ।
जन्ता माध्यामिक विद्यालयका ५ जना, श्री माध्यमिक विद्यालय कामिडाडावाट ५ जना, जन्ता वहुमुखी क्याम्पसवाट ६ जना, जनता नमुना माध्यामिक विद्यालयबाट ५ जना, राष्ट्रिय सरस्वती माविबाट ५ जना छात्र-छात्रा छनोट भएको हेल्प फाउन्डेसनका अध्यक्ष प्रल्हाद क्षेत्रीले जानकारी दिए ।
२०४९ सालमा जनता माध्यामिक विद्यालयबाट एसएलसी दिएका पुर्व विद्यार्थीले स्थापना गरेको हेल्प फाउन्डेसनले यसभन्दा अगाडी पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।