कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को एक मात्र उप-महानगरपालिका बुटवल मा आधुनिक बहुतले पार्किगं भवन निर्माण हुने भएको छ।
पार्किगं भवन निर्माण को लागि बुटवल उप-महानगरपालिका र नगर विकास कोष बिच साउन ८ गते ऋण सम्झौता भएको हो । नगर विकास कोष का कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र बुटवल उप-महानगरपालिका प्रमुख खेल राज पाण्डे ले रु १६ करोड ७६ लाख २७ हजार को ऋण सम्झौता गरेका हुन् ।




आधुनिक बहुतले पार्किग भवन निर्माण आयोजना को कुल अनुमानित लागत रु ३० करोड ४० लाख ४२ हजार रहेको मा ६५% ऋण ,५% कोष ले अनुदान दिने र वाकीँ रहेको ३०% मा नगरपालिका को लगानी रहनेछ। पार्किगं भवन मा एक पटक मा ११५ कार अट्ने गरि डिजाईन गरिएको र अटोमेटिक तरिका ले संचालन हुने पार्किगं भवन फलाम को रहने र आवश्यक्ता अनुसार अन्यत्र सार्न पनि सकिने जनाइएको छ।

बुटवल उप-महानगरपालिका का प्रमुख खेल राज पाण्डेले सम्झौता कार्यक्रममा ‘ बुटवल बजार क्षेत्र मा पार्किगं गर्ने स्थान को अभाव भैराखेको अवस्था मा यो आयोजना बढाईएको र समय मा सम्पन्न गरि बजार क्षेत्र को सवारी साधन उचित रुपमा व्यवस्थापन हुने ‘ बताए।
नगर विकास कोष का कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा ले ‘ नेपाल मै पहिलो पटक र कोष ले पनि पहिलै पटक यस्तो सम्झौता गरेको र यो आयोजना ले अन्य नगरपालिका को लागि समेत नमुना आयोजना को रुप मा स्थापित हुने ‘ विश्वास व्यक्त गरे।




