
महोत्तरी। महोत्तरीमा एक अधवैसे महिलाको टाउकोको देव्रे भागमा हथौडा प्रहार गरि हत्या गरिएको छ । जिल्लाको महोत्तरी गाउपालिका ३ मडई पुर्वारी टोल निवासी स्व. लाल किशोर झा कि श्रीमति अन्दाजी ४२ वर्षिया शिला देवी झाको विहिवार विहान हत्या गरिएको अवस्थामा शव घरमै फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले टाउकोमा हथौडाले प्रहार गरि ह'त्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको र हथौडा समेत घटना स्थलमै बरामद भएको उनले बताए ।
घटना स्थलमै प्रहरीको अनुसन्धान टाली सहित तालिम प्राप्त कुकुर समेत पुगेर घटना स्थलको जाँच गरिरहेको प्रहरीले जनाएको छ ।
ह'त्या गरिएकि महिलाको जेठो छोरा भारतको गुजरातमा वस्दै आएका र कान्छो छोरा मामा घर जलेश्वर आएका वेला राती उनको घरमा कोहि प्रवेश गरि ह'त्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
यता मृतक महिलासंग बैंकबाट ल्याएको केहि रकम हुन सक्ने र सोहि रकमकै लागि समेत हत्या भएको हुन सक्ने स्थानियहरुले वताए । हाल हत्या कसले र किन गर्यो भन्ने अझै खुल्न नसकेपनि प्रहरीले ल्याएको तालिम प्राप्त कुकुर घरको दाया छेउबाट निस्केको सडक हुदै मुख्य चोकसम्म पुगेको थियो ।
https://shirishnews.com/banner-news/5924.html/





