महोत्तरी- हिन्दुहरुको माहन चाड विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका दर्जन बढी व्यक्तिहरु जनता समाजवादी पार्टी नेपालमा प्रवे्श गरेका छन् ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका २ निगौल स्थित जनता समाजवादी पार्टीको नगर समिति गौशालाको आयोजित जसपा नेपालद्वारा हिन्दुहरुको माहान चाड विजया दशमी,दिपावली ,छठ पर्व तथा समाचकेवाको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा पुर्व गाबिस अध्यक्ष सहित दर्जन बढी युवा र महिलाहरुको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका हुन ।
नवप्रवेशी कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथि जसपा पार्टीका बिकास प्रेमी नेता एवम् केन्द्रिय सदस्य लक्ष्मी महतो, विशेष अथिति रमेश महतो (राहुल) र नगर संयोजक कुमर कान्त झाले अविर र माला लगाई स्वागत गर्दै जसपा पार्टीका उत्पीडित वर्गको उत्थानका लागी जसपा सदैब अडिग रहने विश्वास दिलाए।
कार्यक्रममा राम स्नेही मण्डल, नवलकिसोर यादव, संघीय परिषद सदस्य सुर्य नारायण महतो, विनोद महतो, जिल्ला कार्य समिति कोषाध्यक्ष कुशेश्वर सिंह, सचिव काशी महतो, संघीय समाजवादी खेलकुद महासंघको प्रदेश दुईको मुख्य सचिव संजिप चौधरी, नगरका सबै वडाका वडा इन्चार्जहरु लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।





