महेन्द्रनगर- धनुषाको महेन्द्रनगर स्थित कुचाइ टोलमा भाडामा बस्ने एक युवालाई आर्थिक अवस्थाको कारण क्रिया कर्म गर्न सकस परेको छ।
बाबू सानो मै बितेका सुजन मगर आर्थिक अबस्थाले नाजुक रहेका छन् ।आफन्त हरु कोहि नरहेका सुजन भाडामा आमा सँग बस्दै आएका थिए । बिगत लामो समय देखि शरीर काम्ने रोगले ग्रस्त आमा मिना गुरुङले उपचारको आभाबमा ज्यान गुमाउनु परेको थियो ।



सो पीडा सँगै उनलाई आमाको क्रिया कर्म गर्न समेत सकस परेको सुजन बताउँछन् ।
नगरिकताको समस्याले हालसम्म कुनै काम गर्न न पाएका सुजन काज क्रियामा सहयोग गर्दिन आग्रह गरेका छन् ।




