
बलिउड स्टार अक्षय कुमारको नयाँ फिल्म 'गोरखा' आउने भएको छ। अक्षयले सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्मको पोस्टर सार्वजनिक गर्दै 'गोरखा' फिल्मको घोषणा गरेका हुन्।
आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्ने यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कारडोजोको जीवनमा आधारित हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार इयानले सन् १९६२, १९६५ र सन् १९७१ मा भारत-पाकिस्तानको युद्ध लडेका थिए र अक्षयले इयानको भूमिका निर्वाह गर्नेछन्।
खुकुरी बोकेर युद्ध मैदानमा लडि रहेको पोस्टर सार्वजनिक गर्दै अक्षय कुमारले लेखेका छन्, 'कहिलेकाहीँ तपाईंहरूका सामू यस्तो प्रेरक कथा आइपुग्छ कि त्यसलाई नबनाइ मन मान्दैन। एक आइकनको भूमिका निर्वाह गर्दा र यो विशेष फिल्म प्रस्तुत गर्न पाउँदा सम्मानित महसुस गरिरहेको छु।'
अक्षयले यो फिल्म संजय पूरण सिंह चौहानले निर्देशन गर्ने पनि जानकारी दिएका छन्।
अक्षयको नयाँ फिल्म घोषणासँग उनका प्रशंसकहरूले बधाइ दिएका छन्।
उनी अहिले बलिउडका सबभन्दा व्यस्त अभिनेतामध्ये एक हुन्। उनको नयाँ फिल्म 'सूर्यवंशी' यही तिहारमा रिलिज हुने तयारीमा छ।
यसबाहेक अक्षय कुमार 'पृथ्वीराज', 'बच्चन पांडे', 'राम सेतु और रक्षा बंधन' जस्ता फिल्ममा पनि देखिनेछन्। उनको पछिल्लो सार्वजनिक फिल्म 'बेलबटम' हो।
[embed]https://twitter.com/akshaykumar/status/1448952539601203202?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1448952539601203202%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fart%2Fbollywood%2F251441[/embed]