टुटेश्वरनाथ सव डिभिजन वन कार्यालय तथा सशस्त्र वन सुरक्षा शाखा माइस्थानको संयुक्त टोलीले गौशाला ८ स्थित शान्ति सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरि बनाएको घर हटाई वन क्षेत्र अतिक्रमण मुक्त बनाएको छ ।
सामुदायिक वनकै अध्यक्ष युगल किशोर महतोले वन क्षेत्र अतिक्रमण गरि घर बनाएको प्रारम्भिक जानकारी प्राप्त भएकोमा शान्ति सामुदायिक वनका अध्यक्ष महतोसँग सो बारे स्पष्टिकरण लिने तयारी भइरहेको डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख अजय मिश्रले बताए । उनले सव डिभिजनलाई स्पष्टिकरण सोध्न निर्देशन दिएको बताए ।
टुटेश्वरनाथ सव डिभिजन वन कार्यालयका वन अधिकृत राकेश विकको नेतृत्वमा वन कर्मचारीहरुले सो अतिक्रमण हटाएको हो। यता सोहि टोलीले बर्दिवास नगरपालिका ४ स्थित टुटेश्वर गाउबाट साल जातका चौकट बरामद गरेको छ ।




