![](https://shirishnews.com/wp-content/uploads/2022/12/318766898_470721878417714_6838718223164516124_n.jpg)
राधेश्याम कुशवाहा/सर्लाही
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह रोकथाम तथा न्यूनिकरणका लागि उच्च शिक्षा पुरा गरी २० बर्ष पारी बिहे गर्ने किशोरीलाई ५० हजार प्रदान गरेको छ ।
चन्द्रनगर गाउँपालिका वार्ड न.२ दनुवार टोल निवासी हरदेव कुँवरको २२ बर्षिय छोरी रेनु कुमारी सिंहलाई गाउँपालिका अध्यक्ष राजकुमार महतोले विवाह मण्डपमै गएर ५० हजार बराबरको पहिलो चेक हस्तानान्तरण गरेका हुन ।
ईश्वरपुर नगरपालिका वडा नं ७ पोखरिटोल निवासी २९ वर्षिय जितेन्द्र सिंह संग रेनु बिहे गर्दै छिन ।
छोरीको जिवनस्तर उकास्न, बालविवाह अन्त्य गरी उच्च शिक्षामा छोरीको पहुँच बढाउनका लागि चन्द्रनगर गाउँपालिकाले प्लस टु पास गरी २० बर्ष पारी बिहे गर्ने किशोरीलाई विवाह मण्डमै गएर सम्मान र प्रोत्साहन स्वरुप ५० हजार प्रदान गरेको चन्द्रगाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा आफू निर्वाचित भएपछि जेठ ११ गते पदबहाली गर्ने समयमा गाउँपालिका अध्यक्षले एउटा पहिलो निर्णय गर्नुपर्ने हुन्छ । उहाँले भने ।
मैले गाउँपालिका भित्रका छोरीको जिवनस्तर उकास्न, बालविाह अन्त्य गरी उच्च शिक्षा अध्ययनमा पहुँच बढाउन र अभिभावकलाई समेत छोरीलाई उच्च शिक्षा सम्म पढाउन उत्प्रेरित गर्न प्लस टु पास गरी २० बर्ष पारी बिहे गर्ने छोरीलाई ५० हजार दिने निर्णय गरेका थियौं । जुन कार्यपालिकाको बैठकमा बहुमतले पास समेत भयो ।
सोही निर्णय अनुसार आज विवाह मण्डमै गएर चेक हस्तानान्तरण गरेको उहाँले बताए । त्यस्तै चन्द्रनगर गाउँपालिकामा दसजोड दुई पास गरी स्नातक अध्ययन गर्न चाहने किशोरीहरुलाई उच्च शिक्षा अध्ययनका लागि ११ हजार बराबरको सहयोग समेत प्रदान गर्ने जानकारी दिए ।
छोरीलाई उच्च शिक्षा पुरा गराई २० बर्ष पारी बिहे गर्दा गाउँपालिकाले सम्मान सहित नगद प्राप्त सहयोगले छोरीको बुबा खुशिले गदगदा छन ।
हामीले सपनामा समेत नसोचेको निर्णय स्थानिय सरकारले गरेको नवविवाहित किशोरीको बुबा हरदेव कँुवार बताउँछन । स्थानिय सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताउदै यस्ता प्राप्त आर्थिक सहयोगले अन्य अभिभावकले समेत पाठ सिक्ने, किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न हौसला प्रदान गर्नुको साथै बालविवाह अन्त्य गर्न ठुलो मद्दत मिल्ने बताए ।
प्लस टु पास गरी स्नातक अध्ययन गर्न चाहने किशोरीलाई गाउँपालिकाले ११ हजार सहयोग गर्ने गरेको निर्णयले हामीलाई ठुलो आर्थिक मदत मिलेको नारायण बहुमुखी कलेज, बयलवासमा स्नातक प्रथम बर्षमा अध्ययनरत किशोरी सुस्मिता सिंहले बताउँछिन । स्नातक पढने चाहना भएको बावजुद पनि आर्थिक अभावमा कतिपय किशोरीहरु नमांकन गराउन सकिरहेका हुदैन । उनले भनिन । पैसाको जोहो गर्दा गर्दै नामांकन गराउने अवधि समेत सकिन्छ ।
स्थानिय स्तरमा भारी संख्यामा बालविवाह हुदै आएको छ तर स्थानिय सरकारले प्लस टु पास गरेको छोरीलाई ५० हजार दिने निर्णय गरेपछि अभिभावकहरुले समेत आर्थिक सहयोग प्राप्त गर्ने आशमा कम्तिमा छोरीलाई प्लस टु सम्म पढाउन थालेकी बताईन ।
स्थानिय सरकारले प्लस टु पास गरी २० बर्ष पारी बिहे गर्ने छोरीलाई ५० हजार र स्नातकमा अध्ययन गर्ने छोरीलाई ११ हजार गरी कुल ६१ हजार बालविवाह अन्त्यका लागि एक छोरीमा लगानी गर्न थालेका छन ।
नेपाल सकारले बालविवाह अन्त्यको घोषणा गरेपनि तराई मधेसमा बालविाह कायमै रहेका छन । सर्लाही लगायत मधेस प्रदेशमै समेत बालविवाह बढी हुने भएकोले उच्च शिक्षा पुरा गर्ने किशोरीको संख्यामा समेत न्यून रहेका छन । स्थानीय सरकारले प्लस टु पास गरी २० बर्षपछि बिहे गर्ने छोरीलाई ५० हजार दिने गरेको निर्णयले बालविवाह रोक्न ठूलो मद्दत मिल्ने अपेक्षा गरिएको हो।