महोत्तरी। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्तीमोहम्मद डे)को अवसरमा प्रदेश २ सरकारले मंगलबार सार्वजनिक विदा गरेको छ ।
इस्लामिक महिना रविउलऔएलको १२ तारेखका विहान हजरत पैगम्बर मोहम्मदको सउदी अरबको मक्का मदिनमा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पुर्ण लक्ष्य समाज सुधार र व्यवहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए ।
समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र विकृतीहरुको विरुद्ध उनी ठुलै संघर्ष गरेका थिए । नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाईने भएकोले प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो ।
प्रदेश २ सरकारले संघीय सरकारको सार्वजनिक विदा वाहेक वर्षभरिमा ११ वटा विभिन्न चाडपर्व तथा अवसर हरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसैबीच, संघीय सरकारले पनि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने घोषणा गरेको छ ।