
डोटी। सोमबारदेखि निरन्तर आएको वर्षाले घर भत्किदा डोटीमा एकै घरका दुई बालककाे ज्यान गएको छ ।
घर भत्किदा सायल गाउँपालिका ६ मा स्थानिय बिरबहादुर ककुन्जेडाको दुई छोराको मृत्यु भएको हो ।
१४ वर्षीय सागर र ११ वर्षीय आशिष कुन्जेडाको घर भत्किदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालउ डाेटीले जनाएकाे छ ।
मृतक मध्ये एक जनाको शव बाहिर निकालिएको प्रहरीले जनाएकाे छ ।