
जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी परेको जानकारी दिए।
चर्चामा रहेका अर्का उम्मेदवार रामअशषि यादवले अन्तिम समयमा उम्मेदवारी दिनुभएन। उहाँले सरोजकुमार यादवलाई समर्थन गरेका छन्।
संसदीय दलका नेताका उम्मेदवार मध्ये राउतले पाँच वर्ष मुख्य चलाई सकेका छन् यादव पनि पाँच वर्ष सभामुखको भुमिका निर्वाह गरिसकेका छन् ।
कुनै बेला राजपामा राजेन्द्र महतोका प्रिय पात्रको रुपम चिनिएको यादव राजपाबाटै सभामुख बनेपनि र जसपा फुटदा महतोको लोसपा छोडेर जसपा तर्फ लागेपछि उनको सभामुख पद जोगिएको थियो ।
आज साँझ पाँच देखि छ बजे सम्म चुनाव हुने र साढे छ बजे जसपाले नेता पाउने छ ।
जसपाका १६ प्रदेशसभा सदस्य छन् । जो संसदीय दलको नेता चुनिन्छ, उही मधेश प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।
मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताहरु बीच भएको छ । यो सहमति अनुसार पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्ने छ ।