
महोत्तरी - महोत्तरीमा बिधुत प्राधिकरणले बिना कुनै सूचना पटकपटक लाईन काटेपछि बर्दिवासका व्यापारीहरु आन्दोलित भएका छन् ।
पटकपटक लाईन काटने र लाईन दिएतापनि कम भोल्टेज दिदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै व्यापारीहरुले बर्दिवास चोकमा सडक अबरुद्ध गर्दै पुर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन् ।
स्थानियको समेत सहभागीतामा भएको चक्काजाममा बिधुत प्राधिकरणले नियतवस लाईन अवरुद्ध बनाएपछि प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले वताए ।
व्यापारीहरुले शनिवार यो विषयमा उद्योग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन् । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या समाधान नभएसम्म चरणवद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले वताए ।
व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको वताउदै उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यसको समाधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।
यता विद्युत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जिवनाथ झाले हावाहुरीका विधुत अवरुद्ध भएको वताए ।
नियतवस: हामीले लाईन काटेका हैनौ । ढल्केवर प्रशारण लाईनवाट पुर्णरुपमा बिस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौ ।´ प्रमुख झाले भने ।
हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भिर छौ ।´
बिधुत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले प्रष्ट पारे।