
धनुषा - ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने जनकपुरधामका एक शिक्षकलाई प्रहरीले शुक्रवार गिरफतार गरेको छ ।
जनकपुरधाम उपमहागनरपालिका–८ बस्ने ४५ वर्षीय कपिलदेव मण्डलले शुक्रवार विहान ब ला त्कार प्रयास गरेको पिडित परिवारले बताएको छ । बालिकालाई ब ला त्कार प्रयास गर्ने आरोपित मण्डललाई जनकपुरधाम वडा नं. ८ का प्रहरी चौकी बलवाले गिरफतार गरेको हो।
आरोपित मण्डल जनकपुरधाम–८ स्थित श्री हजारी जनक विद्यापीठ शिक्षक हुन् । पीआरोपित कै घरमै डेरा गरि बस्दै आएकी पीडित बालिकालाई ब ला त्कार प्रयास गरि रहेको अवस्थामा आमाले हेरेपछि घटना बाहिरिएको हो । पीडित बालिकाले आफुलाई धाक, धम्की दिएर आमा, वुवा कसैलाई नभन्न दवाव दिदै आएको पिडित बालिकाको वुवाले बताए ।
प्रहरीचौकी बलवाले आरोपितलाई गिरफतार गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको वलवा प्रहरीचौकीका असई राजकुमार साहले बताए बालिकालाई स्वास्थ्य परिक्षणका प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।