महोत्तरी।वैदेशिक रोगजारीकै क्रममा करिव छ महिना अगाडी मलेसियामा कोरोनाले थला परि मृत्युवरण गरेका सम्सी गाउपालिका ४ गैढा भेटपुरका रामदेव महतोको परिवारलाई आर्थिक र खाद्यान्न सहयोग गरिएको छ । बैदेशिक रोजगारीमै रहेका युवाहरुले उनको परिवारको कन्तविजोग वारे थाहा पाएपछि मृतक महतोको परिवारको लागि सहयोग जुटाई दिएका हुन । स्थानि युवा राम ध्यान यादवले सामाजिक संजाल तथा अन्य विभिन्न माध्यमले स्व. महतोको परिवारको आर्थिक विपन्नता सार्वजनिक गरेपछि युवाहरुले उक्त सहयोग संकलन गरि पठाएका हुन ।
समाजसेवी सविता यादव समेतको उपस्थितिमा मृतक महतोको परिवारलाई स्थानिय युवा यादवकै हातबाट सतहत्तरी हजार नगद र करिव नौ हजार बरावरको खाद्यान्न सहयोग गरिएको छ । उक्त सहयोग सामग्री र रकम महतो कि श्रीमति फुलपरी देवीलाई दिइएको हो । दुई छोरी र एक छोरा क्रमश ६,४ र २.६ वर्षको रहेको महतो परिवार आर्थिक रुपमा निक्कै कष्टमा रहेकोमा उक्त रकमले सानो तिनो व्यापार गरि जिविकोपार्जन गर्न मद्दत पुग्ने भन्दै रकम हस्तान्तरण गरिएको हो ।
समाजसेवी सविता यादवले समेत घरमै कुनै पसल वा सिप सिकेर घरको आर्थिक खर्च पुग्ने गरि व्यापार गर्न सकिने बताउदै आर्थिक सहयोग गरेका युवाहरुलाई धन्यवाद दिएकि थिईन । उनले भनिन,“हाम्रो समाजमा एकजना पिडित खोज्दा हजार भेट्ने गरेको र तिनको पिडा बुझेर उनको घाउमा मलम लगाईदिने सहयोगी हातहरु लाखौ हुने गरेकामा सवै मिलेर भुमिका खेलिरहेकोमा यसले समाजकै काम गर्न थप उर्जा थपेको बताईन । ”
उक्त परिवारलाई आर्थिक सहयोग पठाईदिने युवाहरु बिजय कुमार यादव(सोहि ठाउ निवासी),कमल ग्यवाली(पाल्पा),राजेश कुमार यादव(धनुषा),कमलेश मण्डल(धनुषा),संजिव कुमार यादव(धनुषा),नबराज साउद(कंचनपुर),सुरेश महरा(महोत्तरी),इजन श्रेष्ठ(चितवन),सरोज महतो(महोत्तरी),फनिन्द्र खनाल(झापा),तिलक फुयाल(सिंधुली),रघुविर मण्डल(महोत्तरी),बन्धु थारु(रुपन्देही),मुन्ना कुमार साह(वारा),सत्यनारायण महतो(सर्लाही) र मईनुल ईस्लाम(बांग्लादेश) रहेका छन ।