बारा- प्रतिबन्धित लागूऔषध चरेस नेपालबाट भारत तर्फ लग्दै गरेकी एक महिलालाई बारा प्रहरीले प क्राउ गरेको छ ।
मटियर्वास्थित नेपाल– भारतको सीमानामा पर्ने दशगजा क्षेत्रबाट लागूऔषध चरेससहित महिला प क्राउ परेको हो । प क्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा न. ४ सतवरिया बस्ने रामबिनय रौनियारकी ४१ वर्षीया श्रीमती ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
बिहान ती महिला शंकास्पद रुपमा हिडी रहेको अवस्थामा मटियर्वा प्रहरी चौकीबाट खटिगएको गस्ती टोलीले चेकजाँच गर्दा दुवै खुट्टाको तिघ्रामा बाँधी राखेको चरेस बरामद गरिएको प्रहरी निरीक्षक यादवले बताए । महिलाको तिघ्रामा लुकाइएको १४ वटा पोकामा ७ किलो चरेस फेला परेको प्रहरीले बताए ।
बरामद भएको चरेसको बजार मुल्य ५ लाख भन्दा बढी रहेको प्रहरीले बताए । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसंन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा बाराको बिभिन्न नाका हुदै लागू औषधका समानहरु भारत तर्फ तस्करी हुने गरेको छ ।