
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलका अध्यक्षसँग छलफल गरेका छन् ।
देउवाले आफ्नै निवास बूढानीलकण्ठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग छलफल गरेका हुन् ।
छलफलमा वैकल्पिक गठबन्धनको सन्दर्भमा छलफल भएको कांग्रेस नेताहरूले बताएका छन् ।
छलफलमा कांग्रेस सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, वरिष्ठ नेता डा. शेखर कोइराला, नेता रमेश लेखकलगायत सहभागी थिए ।