काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गरेकी छन् ।
फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरे ।







